after_navbar

किसानलाई कृषि सामग्री प्रदान


असार ०८, २०८१


हुम्ला, ७ असार । हुम्लामा व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएका किसानहरुलाई कृषि सामग्री प्रदान गरिएको छ । जिल्लाका विभिन्न कृषि सहकारी संस्थाहरुमा आवद्ध किसानलाई सामग्री प्रदान गरिएको हो।

ad

तरकारी खेतीबाट उत्पादनमा वृद्धि र आम्दानी बढाउने उदेश्यले किसानलाई कृषि सामग्री उपलव्ध गराइएको एकीकृत सामुदायिक विकास परियोजनाका संयोजक रमेश बहादुर शाहीले जानकारी दिए।
गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा २ सय ६० जना किसानलाई कृषि औजारहरु प्रदान गरिएको उनले बताए।
सहकारी संस्थाहरूमा आबद्ध अगुवा किसानहरूलाई कृषि सामाग्री सहयोग गरिएको छ ।

व्यवसायी तरकारी खेतीबाट उत्पादनमा वृद्धि गरी आम्दानी बढाउन सहयोग पु¥याउनका लागि यी कृषि सामाग्री सहयोग गरिएको हो । कृषकहरूको जीविकोपार्जन सुधार तथा प्रविधिमैत्री कृषि उत्पादनमा प्रोत्साहन गर्ने उदेश्यले जिल्लामा रहेका २ वटा गाउँपालिकाका ३ वटा कृषि सहकारी संस्थामा आवद्ध किसानहरुलाई उक्त परियोजनामा समावेश गराइएको हो।


सहकारीमा आवद्ध २ सय ६० जनामध्ये १ सय ८० जना किसानहरूले तरकारी उत्पादन तथा बिक्रिवितरण गर्दै आएका छन्।
खार्पुनाथ गाउँपालिकाको दुधकुन्ड महिला विकास बहूद्देश्यीय सहकारी संस्था (छिप्रा,माजा र नल्ना ) का १सय २६ जना , सिमकोट गाउँपालिकाको पन्चमुखी दुधेदह कृषि सहकारी संस्था (सिमकोट तल्लो र माथिल्लो गाउँ, हिल्दुम र बुराउँसे ) का ८४ जना र सिमकोट कै मस्टदेब कृषि सहकारी संस्था ठेहेका ५० जना कृषकहरू ती सामग्री प्रदान गरिएको हो । जसमा २ सय ४१ जना महिला र १९ जना पुरुष सदस्यहरूलाई सामग्री प्रदान गरिएको हो । दुई लाख ८९ हजार रुपैयाँ लागतमा उनीहरुलाई सामग्री उपलव्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="