after_navbar

अब वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण सकंलन


असार ११, २०८१


दाङ,१० असार। अब वडास्तरबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने भएको छ । यसका लागि गृह मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ।

ad

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारीहरूलाई डास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्न भनिएको छ।

सरकारले साउन १ बाट पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। त्यसपछि ती जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि वडास्तरबाट नै परिचयपत्रको विवरण सङ्कलन गर्न ४३८ जना विवरण दर्ता अपरेटर खटाइएको गृहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="