दाङ १० असार। नेपाल दलित सङ्घ तुलसीपुर उपमहानगरको नगरबेला सम्पन्न भएको छ। दलित सङ्घका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद गेहेन्द्रगिरीको प्रमुख अतिथितामा उक्त कार्यक्रम भएको हो।
कार्यक्रममा नेपाली कांग्रेस दाङका निवर्तमान जिल्ला सभापति कृतिबहादुर खडका, पूर्व जिल्ला सभापति घनश्याम रेग्मी, महाधिवेशन प्रतिनिधि केशव आचार्य, दलित संघ लुम्बिनी प्रदेश अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि जोगेन्द्र विश्वकर्मा, तरुण दल जिल्ला अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि टिका घर्ती, महाधिवेशन प्रतिनिधि अरुण लहरे, पूर्व जिल्ला सचिव टेकबहादुर ओली , पूर्व जिल्ला सहसचिव सुरेन्द्र खड्का, जिल्ला सदस्य मुक्ति वादी, पूर्व जिल्ला सदस्य जितबहादुर केसी, जिल्ला समन्वय सदस्य सरस्वती नेपाली, दलित सङ्घ लुम्बिनी प्रदेशका प्रवक्ता खेमराज सेन्चुरी, सुनार गोपाल बिक ,लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए।
यसैबीच भेलाले सन्दीप शेर्पालीको अध्यक्षतामा सर्वसम्मत नगर कमिटी चयन गरेको छ। जसको उपाध्यक्षमा राजकुमार नेपाली र सुनिता नेपाली,सचिवमा सम्झना परियार , सदस्यहरूमा अजय बिक, शिव सुनार, चन्द्रबहादुर नेपाली, बेदबहादुर बिक प्रेम बिक ,जितबहादुर बिक चयन भएका छन्।
मुक्ति वादीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका जिल्ला उपाध्यक्ष प्रकाश नेपालीले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस