after_navbar

बाल यौनशोषणमा बमजन दोषी ठहर, असार १७ मा सजाय सुनाइने


असार १२, २०८१


काठमाडौ,११ असार। आफुलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बमजन बाल यौन शोषण कुसरमा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले बमजनलाई दोषी ठहर गरेको हो ।

ad

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले असार १० गते बम्जनलाई दोषी ठहर गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

उनका अनुसार अदालतले असार १७ गते सजाय निर्धारण गर्ने सुनुवाइ तोकेको छ । बम्जन विरुद्ध नामथर परिवर्तित २२ जिल्ला बस्ने (क१) की छोरी वर्ष १८ की परिवर्तित (क)ले जाहेरी दिएकी थिइन्।

यौनशोषणको मुद्दामा जिल्ला अदालतले २०७६ माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई गत पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो।

हाल महोत्तरी जेलमै रहेका उनले अनुयायीहरूको हत्या र बेपत्ता पार्ने लगायतका विभिन्न आरोपहरू सामना गरिरहेका छन् । अदालतले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग पनि राखेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="