after_navbar

दिल्लीका मुख्यमन्त्री केजरीललाई सीबीआईले पक्राउ गर्यो


असार १३, २०८१


काठमाडौँ,१२ असार। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)ले पक्राउ गरेको छ ।

ad

कथित मदिरा नीति घोटाला प्रकरणमा सीबीआईले बुधबार बिहान राउज एभिन्यू कोर्ट ९ट्रायल कोर्ट)बाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ad

यसअघि सीबीआईले मंगलबार राति ९ बजे तिहार जेलमा गएर मदिरा नीतिमा भएको भ्रष्टाचारबारे सोधपुछ गरेको थियो।

ad

ईडीले उनलाई सोही आरोपमा मार्च २१ मा पक्राउ गरेको थियो। उनी पछिल्लो ८७ दिनदेखि तिहार जेलमा छन् ।

पक्राउ परेपछि केजरीवालले सर्वोच्च अदालतमा दायर जमानत फिर्ता लिएका छन्।

एभिन्यू कोर्टले उनलाई मनी लान्ड्रिङ मुद्दामा जुन २० मा जमानत दिएको थियो। तर, त्यसविरूद्ध ईडी उच्च अदालत पुगेको थियो । उच्चले उक्त आदेशलाई खारेज गरेको छ ।त्यसविरूद्ध केजरीवालले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="