after_navbar

तुलसीपुरमा निजी वन दर्ताको सुरुवात


असार १३, २०८१


दाङ,१२ असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी वन दर्ताको सुरुवात गरेको छ । हरियाली प्रवद्र्धन र वनक्षेत्रको संरक्षण गर्ने उदेश्यले पालिका निजी वनलाई समेत दर्ता प्रकृयामा ल्याएको हो ।

ad

वन ऐन, २०७६ र वन नियमावली २०७९ को अधीनमा रही स्थानीय स्तरमै निजी वन दर्ताको आरभ्म गरिएको प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगीले जानकारी दिए ।

विजौरी सब डिभजिन वन कार्यालयको सिफारिसमा तुलसीपुर ९ का जनार्दन शाहलाई उपमहानगरले निजी वन दर्ताको प्रमाणपत्र समेत दिएको छ ।

नगर प्रमुख तिकाराम खड्काले शाहलाई आज निजी वन दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । शाह तुलसीपुर उपमहानगरमा निजी वन दर्ता गर्ने पहिलो व्यक्ति हुन् । उनले ८२३७.४१ वर्ग मिटरको क्षेत्रफलमा १ सय ४१ वटा सालका रुख रोपेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="