after_navbar

एसईईको नतिजा सार्वजनिक: ४ जिपिए ल्याउने १४६ जना , ४८% मात्रै पास


असार १४, २०८१


दाङ,१३ असार। यस वर्षको एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा सहभागी भएका मध्ये ४७.८६% मात्रै उत्तीर्ण भएका छन्।

कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सम्मलित ४ लाख ४४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये १ सय ८६ जनाले मात्रै ४ जीपीए ल्याएका छन्।

कार्यालयका अनुसार ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्नेछ । लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ ।
परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="