after_navbar

समयमै विपद् प्रतिकार्यको तयारी थाल्न आग्रह


असार १५, २०८१


काठमाडौँ,१४ असार । नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले समयमै विपद् प्रतिकार्यको तयारी थाल्न सरकारसंग आग्रह गरेका छन् । बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यसको तयारी थाल्न सरकारसँग आग्रह गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले यस्तो आग्रह गरेका हुन्

ad

आजको बैठकको विशेष समयमा उनले प्राकृतिक विपद्बाट हरेक वर्ष क्षति हुने गरेको तर समयमै आवश्यक तयारी नगर्दा ठूलो क्षति व्यहोर्नु परेको बताए ।

सांसद बस्नेतले कार्यविधिका कारण एकै व्यक्तिलाई भूकम्प र बाढी पहिरोको अलगअलग राहत वितरण गर्न कठिनाइ देखिएको बताए ।

उनले दूध व्यवसायी किसानका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरे ।

सांसद बस्नेतले सहकारीमा निमुखा आर्थिकरुपमा विपन्न गरिब जनताको अबौँ रकम अपचलन भएको भन्दै छानविन समितिलाई चाँडो निष्कर्षमा पुर्याउन आग्रह गरे ।

उनले फरक प्रसङ्गमा टेरामक्म प्रविधि टेलिफोनमा गैरकानुनी धन्दा गर्नेलाई नियन्त्रण गर्ने विधि भएको बताउँदै यसले राज्यको वार्षिक रु २५ अर्ब घोटाला हुनबाट जोगिने उल्लेख गरे ।

आफूले ठूलो आट गरेर सुरु गरेकोे यो प्रविधिलाई रोक्न र भाँड्न केही तत्व सक्रिय रहेको जानकारी गराउँदै यो प्रविधिलाई लागू गर्नसके राज्यको ठूलो राजस्व जोगिने उनको भनाइ छ ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी -एकीकृत माओवादी का लेखनाथ दाहालले वर्षायामको सुरुआतमै ठूलो जनधनको क्षति भएको बताउँदै उद्धार र राहतमा सरकारले प्रभावकारीरुपमा काम गर्ने अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="