दाङ,१४ असार । तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा वक्तृत्वकला सम्पन्न भएको छ। सिनियर र जुनियर गरि दुई तहमा भएको वक्तृत्वकलामा जुनियरतर्फ दिपसन कार्की प्रथम भएका छन् । यसैगरी भुमिका सिंह दोश्रो र मुना डांगी तृतीय भएका छन् ।
सिनियरतर्फ दीपशिखा कार्की प्रथम, कृतिका थापा दोश्रो र अन्जु रेउले तृतिय भएका छन् ।
विद्यालयका इसिए क्लब अध्यक्ष एलन ओलिको अध्यक्षतामा तथा विद्यालयका सहायक प्रधानाध्यापक राधा पोख्रेलको प्रमुख आथित्यतामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले विद्यार्थीको चौतर्फी बिकासमा अतिरिक्त क्रियाकलापको अहम भुमिका हुने बताइन् । अतिरिक्त क्रियाकलापमा सबै छात्र छात्राहरुले सहभागिता जनाउनु पर्ने बताइन।
कार्यक्रममा संयोजक निशा थापा शिक्षक रेनु रावतले विद्यालयमा अतिरिक्त क्रियाकलापको बारेमा बताएकी थिइन् । कार्यक्रमको सहजीकरण विद्यालयकी छात्रा सौम्या पराजुलीले गरेकी थिइन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस