after_navbar

तुलसीपुरमा कार दुर्घटना: ५ घाइते,३ को अवस्था गम्भीर


असार १५, २०८१


दाङ,१४ असार । दाङको तुलसीपुरमा कार दुर्घटना भएको छ। कार दुर्घटनामा परि पाँचजना घाइते भएका छन्।

ad

शुक्रबार बेलुका ७ बजेर ५० मिनेटमा तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राजापुरबाट तुलसीपुरतर्फ गइरहेको बा १६ च १९५५ नम्बरको कार दुर्घटना भएको हो। कार अनियन्त्रित भई आफै दुर्घटना हुँदा कारमा सवार पाँचजना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था सामान्य रहेको छ भने तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। गम्भीर घाइतेहरूको राप्ती लाइफ केयर हस्पिटलमा उपचार भइरहेको छ।

दुर्घटनामा परी घाइते हुनेमा कार चालक  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय विजय गिरीको दायाँ हात र मुखमा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।

यसैगरी सोही ठाउँ बस्ने वर्ष २७ का जोयल गिरीको खुट्टामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।

यस्तै तुलसीपुर ११ बस्ने वर्ष २७ का कृष्ण केसीको दुवै हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ ।

अवस्था मध्यम रहेका उनीहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="