काठमाडौं,१५ असार । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छ्न। बचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।
उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।
यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस