after_navbar

कर्णाली राजमार्ग अवरुद्ध


असार १६, २०८१


कालीकोट, १५ असार। भारी वर्षापछि गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

ad

कालीकोट र दैलेखको सीमानामा पर्ने दहीखोला, कालिखोला कालीकोट लगायतका ठाउँहरुमा गएको पहिरोले दैलेख सडक खण्ड अवरुद्ध भएको हो ।

कालीकोट र दैलेख खण्ड अवरुद्ध हुँदा कर्णाली राजमार्ग भएर आवत–जावत गर्ने सवारीसाधन शुक्रबार बिहानैदेखि ठप्प भएका छन । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले दहीखोला र कालिखोलाको बिचमा बाहेक दैलेख खण्डका पनि बिभिन्न ठाउँमा पहिरो जादा सुर्खेत नेपालगन्जवाट कालीकोट जुम्लाका लागि हिडेका यातायातका साधन र यात्रु अलपत्र परेको बताए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="