काठमाडौं ,१५ असार। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व।पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् ।
शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।
पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुन भन्नेमा कम्युनिष्टहरू सबै सहमत रहेको उनको भनाइ छ ।
चन्दले माक्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको बताउँदै अहिले सन्तानका रूपमा नेपालमा धेरै कम्युनिष्ट पार्टीहरू रहेको बताए ।
सामन्तवादको विरूद्धमा संघर्ष र साम्राज्यवादी शक्तिहरू विरूद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतित गरेको उनले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस