काठमाडौँ,१७ असार। आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एक जना पनि मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अर्थ, गृह र शिक्षा मन्त्रीसँग प्रश्न उत्तर कार्यसूची थियो । बैठक सुरु भए लगतै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले एक जना पनि मन्त्री अनुपस्थित रहेको भन्दै प्रश्न उठाए ।
त्यसपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस