असार १७, रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको रोल्पाको
पश्चिम तालाबाङ परेवा छहरामा लु १ ज ३२५२ नम्बरको जिप दुर्घटना हुँदा १ बच्चा सहित ६ यात्रुको मृत्यु भएको छ ।
सोमबार दिउँसो ४ बजे माडी गाउँपालिका-३ परेवा छहरा नजिकै सडकबाट करिव ४ सय मिटर तल जिप खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार माडी गाउँपालिका २ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको हो । दुर्घटना स्थलमै ५ जनाको ज्यान गएको हो
। उपचारका लागि उद्दार गरि घर्तिगाउँ समृती हस्पितल ल्याईएका १ जना घाईतेको समेत ज्यान गएको छ ।
घाईते ५ जनालाई रेउघा अस्पताल पठाईएको माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको सनाखत भैसकेको छैन । दुर्घटनामा परेकाको स्थानीयले उद्दार गरिरहेका छन । दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी घटनास्थल पुगेर उद्दार गरिरहेको जनाईएको छ ।
दुर्घटनाका के कारणले भएको भन्ने अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल सदरमुकाम लिबाङबाट करिव ३५ किलोमीटर पश्चिम पर्दछ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस