काठमाडौँ, १७ असार । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेस र एमालेबिच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन् ।
बूढानीलकण्ठस्थित काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको पदाधिकारी बैठकबारे जानकारी दिदै उनले यस्तो बताएका हुन् ।
“सरकार निर्माणको कुरामा संलग्न हुन्छौँ । सत्तामा जान मात्र समझदारी गर्दैनौँ । उनले भने-“महत्त्वपूर्ण मुद्दालाई, आम जनताको चासो र सरोकारको विषय छ, त्यसलाई केन्द्रबिन्दुमा राखेर एउटा समझदारी एमाले पार्टीसँग भएको छ ।”
उनले स्थायित्व, आर्थिक स्थितिको सुधार, संविधानमा आवश्यक संशोधन, लोकतन्त्रलाई थप घनीभूत बनाएर लाने कुरामा सहमति भएको उल्लेख गरे।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस