after_navbar

जसपाले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने


असार १, २०८१



काठमाडौ,१८ असार । जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ ।

ad

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको परिवर्तित अवस्थामा बनेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताए ।

उनले भने, ‘सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ ।’

माओवादी–एमाले गठबन्धनको पालामा जसपा नेपाल विभाजन भएको थियो ।

माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल आफूले फुटाएको भनी अभिव्यक्ति दिएका थिए ।

जसपा नेपालका अध्यक्ष यादवले पनि आफ्नो पार्टी सत्ता गठबन्धनले विभाजन गरेको आरोप लगाउँदै आएका छन् ।

सत्ता गठबन्धनमध्ये माओवादी अहिले एक्लै देखिएको छ । एमाले र कांग्रेसले गठबन्धन बनाएका छन् ।

त्यो गठबन्धनमा कुन कुन दल रहने भन्ने निश्चित भएको छैन । यद्यपि जसपा नेपालले आफू नयाँ गठबन्धनसँगै रहने बताएको छ ।

कांग्रेस–एमाले गठबन्धनले ६ वटा प्रदेश सरकारको नेतृत्व बाँडफाँट गरेका छन् तर मधेस प्रदेश भने मधेसवादी दलका लागि छाडेका छन् ।

अहिले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गरेको छ ।

नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमतलाई निरन्तरता दिने हो कि त्यहाँ पनि समीकरण परिवर्तन गर्ने भन्ने टुङ्गो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="