after_navbar

दाङसहित ४३ जिल्लामा बाढीको जोखिम


असार १, २०८१



दाङ,१८ असार । आज (मंगलबार) देशका ४३ जिल्ला र त्यस आसपास बाढीको जोखिम देखिएको छ ।

ad

जोखिम देखिएको र प्रभावित क्षेत्रका  बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सुझाएको छ ।  


महाशाखाले  जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार  इलाम, झापा, मोरङ, सुनसरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केही ससाना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो। 


यस्तै सप्तरी, सिराहा, धनुषा, महोत्तरी, उदयपुर, सिन्धुली, मकवानपुर, धादिङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, लमजुङ, स्याङजा, कास्की, पर्वत, गोरखा, म्याग्दी, पाल्पा, चितवन, अर्घाखाँची, प्युठान, सल्यान, सुर्खेत, मुगु, दार्चुला, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीहरुमा बहाव बढ्ने तथा केही ससाना नदीमा पनि आकस्मिक बाढीको जोखिम देखिएकाले महाशाखाले जनाएको छ।


 महाशाखाले आज कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव बढ्ने अवस्थामा रहेको जानकारी पनि दिएको छ। 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="