काठमाडौँ,१८ असार। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ ।
मन्त्रालयले वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ ।
वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी राखिएको छ ।
वेबसाइटमा गएर विद्यार्थीहरूले आफ्नो रुचि अनुसार पेशाबारे सूचना र सहायता लिन सक्ने शिक्षा मन्त्री सुमना श्रेष्ठको सचिवालयको दाबी छ ।
विद्यार्थीले पाउने छात्रवृत्तिका विषयमा तथा उच्च एवं प्राविधिक शिक्षाका विषयमा आवश्यक जानकारी वेबसाइटमा राखिनुका साथै सरकारका विभिन्न निकायबाट विद्यार्थीका लागि प्राप्त हुने सूचना एकैठाँउबाट सार्वजनिक हुने भएको छ ।
जीवनमा के बन्ने, के पढ्ने, कस्तो पेशा छनोट गर्ने भन्ने अन्योलमा रहेका विद्यार्थीलाई वेबसाइट मार्फत सहजीकरण गर्ने मन्त्रालयको भनाइ छ ।
शिक्षा मन्त्री श्रेष्ठ भन्छिन् ‘यो वेबसाइटले विद्यार्थीलाई आफ्नो रुचि अनुसारको शिक्षा छनोट गर्न, छात्रवृत्तिका अवसर पत्ता लगाउन, विभिन्न पेशाबारे थाहा दिन मद्दत गर्नेछ ।’
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस