सिरहा,१८ असार । पोखरीमा डुबेर सिराहामा दुई बालकको मृत्यु भएको छ।
नरहा गाउँपालिका- ३ खोरियाका दुई बालकको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय शुशील मण्डलका ७ वर्षीय राहुल मण्डल र शुशीलकै भान्जा ८ वर्षीय आशिष मण्डल छन् । उनीहरू सोमबार दिउँसो १२ बजेबाट हराइरहेका थिए ।
त्यसपछि स्थानीय र प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।
खोजी गर्ने क्रममा उनीहरू मंगलबार बिहान साढे ८ बजे बस्ती छेउकै पोखरीमा तैरिरहेको अवस्थामा मृत भेटिएका हुन् ।
घटना मुचुल्का गरी शव पोष्टमार्टमका लागि सिरहास्थित प्रादेशिक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए ।
स्थानीयका अनुसार यो पोखरी ठेकेदारहरूले ग्राभेल खनेर अलपत्र छाडिदिएका थिए ।
सो क्षेत्रमा जथाभावी ग्राभेल उत्खननका कारण जताततै बनेको पोखरीमा डुबेर बर्सेनि बालबालिकाको ज्यान जाने गरेको छ ।
वर्षायाम सुरु भएसँगै खाल्डा र पोखरीहरूमा पानीको सतह बढेको र यसले मानवीय दुर्घटना निम्त्याउने जोखिम रहेको भन्दै प्रहरीले बालबालिकामाथि विशेष निगरानी राख्न आग्रह गरेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस