काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल मुखमा कालोपट्टी टांसेर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।
केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने उनको माग थियो । बैठक लाइभ गर्न नमानेपछि उनले विरोध जनाएका हुन् ।
केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै विरोधस्वरूप उनी मुखमा कालो टेप टाँसेर बैठकमा बसेका हुन् । उनले मुखमा मास्कसहित बाहिरबाट टेप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यालय बालाजुमा केन्द्रीय समिति बैठक बसिरहेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
नयाँ सत्ता समीकरण, महामन्त्री ढकालले बुझाएको प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुने रास्वपाले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस