after_navbar

पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु


असार २१, २०८१


काठमाडौ,२० असार । धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ।

ad

बिहीबार दिउँसो धनौजी गाउँपालिका(५ स्थित बहुअर्वामा घोङ्गघाइर पोखरीमा पौडी खेलिरहेको बेला डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

उनका अनुसार मृत्यु हुनेमा स्थानीय मुस्कान खातुन, जिनत खातुन र अजनवी खातनु रहेका छन्।

‘अरू पनि बच्चाहरू पोखरीमा नुहाइरहेका थिए। त्यसैक्रममा डुबेको हो। तीन जना अन्दाजी ११/१२ वर्षका छन्।

दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। एक जनाको अस्पताल ल्याउनुअघि नै मृत्यु भैसकेको थियो,’ उनले भने।

स्थानीयका अनुसार १० जना भन्दा बढी बालबालिका पोखरीमा नुहाइरहेका थिए। त्यही बेला बालिकाहरू डुबेपछि नुहाइरहेका अन्य बालबालिकाले गाउँलेलाई बोलाएका थिए।

स्थानीयले तीनै जनालाई उद्धार गरी अस्पताल पठाएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="