after_navbar

सहकारी रकम दुरुपयोग सम्बन्धि छलफलमा गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलाइयो


असार २१, २०८१


काठमाडौँ,२० असार । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ ले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलका लागि बोलाएको छ ।

ad

समितिको बिहीबार बसेको नवौं बैठकले गृहसचिव र प्रहरी महानिरीक्षकलाई शुक्रबार छलफलका लागि बोलाएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका छन् ।

आजको बैठकमा समितिले महालेखापरिक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेलाई बोलाएर छलफल गरेको सभापति थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="