after_navbar

दृष्टिविहीन बालिका बलात्कृत


असार २१, २०८१


कालीकोट, २० असार २० । कालीकोटमा दृष्टिविहीन बालिका बलात्कृत भएकी छन् । घर परिवारका सदस्यहरू रोपाइँमा गएको बेला, नरहरिनाथ गाउँपालिका वडा नम्बर–८ का ५० वर्षीय चक्रबहादुर विष्टले घरमा एक्लै भएको मौका पारेर बलात्कार गरेको आफन्तले बताएका छन् । 

ad

आइतबार बिहान ११ बजेतिर जबरजस्ती करणी गरेर भागेका विष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसीका अनुसार सुस्त मनस्थिति समेत भएकी बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई पक्राउ गरिएको बताए ।

आरोपित माथि जर्वरजस्ती करणी महलमा मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="