after_navbar

सरकारले तोक्यो धानको समर्थन मुल्य


असार २२, २०८१


काठमाण्डौ,२१ असार । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको  छ ।
मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ ।

ad

यसैगरी मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।


चालू आर्थिक वर्षकोभन्दा मोटा धान दुई सय १२ रुपैयाँ र मध्यम धान दुई सय १७ रुपैयाँले बढी हो ।

सरकारले हरेक वर्ष धानको समर्थन मूल्य वृद्धि गर्दै लगेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ का लागि मोटा धान प्रतिक्विन्टल तीन हजार एक सय ९८ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल तीन हजार तीन सय ६३ रुपैयाँ थियो ।

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्नेछ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="