काठमण्डौं,२१ असार । गृह मन्त्रालयले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।
विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न र जिल्ला नछाड्न पनि सीडीओलाई गृह मन्त्रालयले भनेको छ ।
गृह सचिव एकनारायण अर्यालले भर्चुअलु माध्यमबाट कमाण्ड पोष्टुका संयोजक तथा सदस्यसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका पदाधिकारीसँग विपदजन्य घटना व्यवस्थापनबारे भएको छलफलमा यस्तो निर्देशन दिएका हुन् ।
उनले देशभर हुनसक्ने विपदजन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्था परिचालनका निम्ति समन्वय गर्न एवम् सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।
मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्वार र राहतका लागि हेलिकप्टरदेखि अरू प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई गृहले अनुरोध गरेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस