दाङ,२२ असार । राप्ती नदिले खतराको रेखा दाङ हुँदै बाँके भएर बग्ने राप्ती नदीको जल सतहले खतराको रेखा पार गरेको छ ।

शनिबार बिहान १०ः३० बजेको मापनमा नदीको जल सतह खतराको बिन्दु पार गरेको हो ।
आज बिहान १०ः३० बजेको मापनमा ५ दशमलव ७५ मिटर माथि नदीको सतह पुगेको पश्चिम राप्ती कुसुम बाढीमापन केन्द्रले जनाएको छ ।
नदीको जल सतह बढ्दो क्रममा रहेकोले बाँके जिल्लाको नदी तटीय क्षेत्रमा रहेका स्थानीयले आज साँझ सम्म उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।

राप्ती नदीको जल सतहलाई ५ मटिरको रेखा सम्म सामान्य र त्य माथि पुगेको अवस्थामा खतराको संकेतकारुपमा लिने गरिएको छ ।
बाँकेका राप्ती तटीय क्षेत्रमा हरेक वर्ष डुबान तथा खेतीयोग्य जग्गा कटानको समस्या रहँदै आएको छ ।
विशेष गरि भारतले लक्ष्मणपुर बाँधका नाममा चौधरी चरण सिंह ब्यारेर र कलकलवा तटबन्ध निर्माण गरेदेखि तटीय क्षेत्रमा डुबानको समस्या देखिन थालेको हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस