after_navbar

गंगदी खोलामा ट्याक्टर फस्दा एकजनाको मृत्यु, २ जना बेपत्ता


असार २३, २०८१


दाङ,२२ असार । दाङमा गंगदी खोलामा आएको बाढीमा ट्याक्टर फसेर एक जनाको मृत्यु भएको छ।

ad

राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी ५२ वर्षीय छेदिराम चौधरीको मृत्यु भएको हो।

वडा अध्यक्ष टंकबहादुर विष्टका अनुसार ट्याक्टरमा चालकसहित तीन जना सवार थिए।

खोला तर्ने क्रममा खाडलमा ट्याक्टर फँसेपछि सवार छेदिराम चौधरीको खुट्टा फसेर मृत्यु भएको जनाइएको छ।

दुई जना सकुशल रहे पनि एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्।

रा १ त २१६६ नम्बरको ट्याक्टर खोला पार गर्ने क्रममा फसेको थियो। ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीलाई उद्दार गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="