after_navbar

देशभरका २३ वटा राजमार्गहरू पूर्णरूपमा अवरुद्ध


असार २३, २०८१


दाङ,२२ असार । पछिल्लो केही दिन यता देशभरका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ।

ad

लगातार वर्षपछिको आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका सडक खण्डहरू अवरुद्ध बनेका छन् भने जनजीवन पनि प्रभावित बनेको छ।

अविरल वर्षाका कारण कतै बाढी त कतै पहिरो आउँदा राजमार्ग अन्तर्गतका सडक खण्डहरू अवरुद्ध हुँदा यात्रुहरू अलपत्र बनेका छन्।

बाढी र पहिरोले देशभरका २३ वटा राजमार्गहरू पूर्णरूपमा बन्द भएका छन्।

दाङ, सल्यान रुकुम, रोल्पा, प्युठान, पाल्पा, गुल्मी,स्याङ्जा, मुस्ताङ , सिन्धुपाल्चोक, सुर्खेत, अछामका लगायतका विभिन्न जिल्लाका अधिकांश राजमार्गहरू यतिबेला अवरुद्ध रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले जानकारी दिएको छ ।

देशभरका एक सय ४७ राजमार्गहरुमध्ये ७३ वटा एकतर्फी र ५१ वटा सडकहरु दुवैतर्फ सञ्चालनमा रहेको सडक बिभागले जानकारी दिएको छ ।

भालुवाङ–लिवाङ–माडिचौर–दारबोट सडक खण्ड प्युठानको सिमलचौर, अधेरी खोला, खार्से खोला र गर्नेनी सडक अवरुद्ध बनेको छ।

वर्षाका कारण कर्णाली राजमार्गको कालीकोटको पिली, हुम्ला–डोल्पा सडक खण्डको जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ ।

यस्तै, उत्तर–दक्षिण सडकअन्तर्गतको संखुवासभाको खाँदबारी सडक खण्ड बाढीका कारण अवरुद्ध भएको छ ।

यस सडक खण्डमा बाढीले ठाउँठाउँमा क्षति पुर्‍याएको छ ।

यस्तै डुम्रे–बेशिसहर–चामे सडक खण्डको चिमाङ्ग, खरखरे भिर र उदीपुर दलाल खण्डमा पहिरोका कारण अवरुद्ध बनेको छ ।

उत्तर–दक्षिण कालीगण्डकी लोकमार्गअन्तर्गत गुल्मीको बरल्वा, गुल्मीकै कनौटा र स्याङ्जाको रातोडाँडामा सडक अवरुद्ध छ ।

यस्तै, कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्ड म्याग्दी र स्याङ्जामा पहिरोका कारण अवरुद्ध बनेको छ ।

वर्तुङ–तानेसेन–रिडी–वामीटक्सार–खर्वाङ सडक खण्ड पाल्पाको अर्गेलीमा अवरुद्ध छ ।

अरनिको राजमार्गअन्तर्गत काठमाडौं–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड सिन्धुपाल्चोकको कोदारीमा पहिरोका कारण अवरुद्ध बनेको छ ।

यस्तै, बीपी राजमार्ग अन्र्तगत बर्दिवास–सिन्धुली–खुर्कोट–धुलिखेल सडक खण्ड काभ्रेपलाञ्चोकको चार सयमा अवरुद्ध बनेको छ ।

साँफेबगर–मार्तडी–कोल्टी सडक खण्ड अछामको तासी बजार, बुढाबगरमा अवरुद्ध छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="