after_navbar

वर्षा वितण्डा: १४ जनाको मृत्यु ,१८ घाइते


असार २४, २०८१


दाङ,२३ असार । यतिबेला देशका अधिकांश स्थानमा अविरल वर्षा भइरहेको छ।

ad

अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरो र डुबान हुँदा १४ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन्।

शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । तीनजना बेपत्ता भएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार बाढी, पहिरो तथा विपद्जन्य घटनामा पुरिएर उनीहरूको मृत्यु भएको छ

प्रहरीका अनुसार दाङमा एक , काठमाडौँमा एक, स्याङ्जामा तीन, पर्वतमा दुई, उदयपुरमा एक, काभ्रेपलाञ्चोकमा दुई, पाल्पामा एक र तनहुँमा तीन जना गरी १४ जनाको मृत्यु भएको छ ।

काठमाडौँस्थित नागार्जुन नगरपालिका–३ को पहिरोमा पुरिएर गोरखा लखन थापा गाउँपालिका–६ का मनोज बिकको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

बाढी र पहिरामा परी बेपत्ता हुनेमा दोलखा गौरीशङ्कर गाउँपालिका–९ का जाङ्मु शेर्पा रहेका छन् ।

यस्तै, दाङको राजपुर गाउँपालिका–२ का राजकुमार यादव र स्याङ्जा भिरकोट नगरपालिका–५ ज्यामिरेकी खेमकुमारी मल्ल पनि बेपत्ता भएका छ्न।

हालसम्म तनहुँमा पाँच जना, गुल्मीमा एक जना, ओखलढुङ्गामा दुई जना घाइते भएका छन् ।

यसैगरी काठमाडौँमा तीन जना, चितवनमा एक जना तथा स्याङ्जामा छ जना गरी १८ जना घाइते भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

भारी वर्षाका कारण आज पनि देशभर जनजीवन प्रभावित भएको छ।

कोशी नारायणीलगायत ठूला नदीमा जलसतह उच्च भएको प्रहरीले जनाएको छ ।

देशैभर तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी उच्च सतर्कताका साथ प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="