after_navbar

चट्याङ लागेर दुई जनाको मृत्यु


असार २७, २०८१


बाँके,२६ असार। चट्याङ लागेर बाँकेमा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

ad

जिल्लाको राप्तिसोनारी गाउँपालिका–२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा मङ्गलवार बेलुका चट्याङ लागेर गम्भीर घाइते भएका तीन जना मध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।

मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३३ वर्षीया वसन्ती उपाध्याय रहेको प्रहरीले जानकारी दिएको छ ।

चट्याङ लागेर घाइते हुनु भएका ३० वर्षीया सलिना विकको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="