तुलसीपुर,२७ असार । बिग एजुकेशन काठमान्डौको पाँचौ शाखा तुलसीपुरमा सञ्चालनमा आएको छ ।
अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने क्रम बढेपनि सहि सल्लाह र जानकारी नपाउदा विभिन्न समस्या खेप्ने गरेको भन्दै यस्ता समस्याहरूको समाधानका लागि दाङको तुलसीपुरमा शाखा विस्तार गरेको बिग एजुकेशन काठमान्डौका सिईओ सुरज केसीले बताए ।
विद्यार्थी भर्ना मात्र नभई भनेको ठाउँमा पुर्याउने भएकोले हजारौं विद्यार्थीको मन जित्न सफल भएको केसीले बताए ।
काठमान्डौको बानेश्वरमा मुख्य कार्यालय रहेको संस्थाले पोखरा,कञ्चनपुर, नुवाकोट,दाङमा शाखा विस्तार गरेको हो । विद्यार्थीको अवस्था अध्ययन गरेर उपयुक्त देशमा अध्ययनका लागि पठाउने गरिएकाले विद्यार्थीको आकर्षण बढेको सिईओ केसीले बताए ।
शाखा मार्फत जापान,कोरीया,अमेरीका,बेलायत,न्युजिल्यान्ड, अष्ट्रेलिया तथा युरोपका विभिन्न देशमा अध्ययनका लागि जान सकिने शाखा प्रमुख निशा पौडेलले जानकारी दिइन् ।उनका अनुसार छात्रवृत्तिमा समेत विद्यार्थीलाई अध्ययनका लागि पठाउने गरिएको छ।
तर विदेशमा अध्ययन गरेर नेपालमै फर्किने वातावरण निर्माणका लागि बिग एजुकेशनको भूमिका प्रमुख हुने उनले बताइन् ।
यसैबिच शाखाको बिहिबार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी र तुलसीपुर उपमहानगरपालिका६ का अध्यक्ष वर्षात भण्डारीले शाखाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
पुर्ण रूपमा जानकारी नभई वाह्य मुलुकमा अध्ययनका लागि जाँदा विद्यार्थीले धेरै दुःख पाएको जनगुनासो आउने गरेकाले जानू अघि पाउने सल्लाह सुझावलाई सत्यतथ्य रूपमा प्रबाह गर्नुपर्ने वडा अध्यक्ष भण्डारीले बताए। यस्तै वडाभित्र शैक्षिक व्यवसाय सुरू गरेकोमा खुशी व्यक्त गरे ।
शाखाको उद्घाटन गर्दै प्रमुख अतिथि केसीले नेपाली विद्यार्थी अध्ययनशिल र अनुशासित हुने बताए । उनले अहिलेको युग विश्व भाषाको युग रहेकाले केही कन्सलटेन्सीले सहि कुरा सिकाउन नसक्दा समस्या आम विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै विश्वसनीय कनसलटेन्सीका रूपमा रहेको बिग एजुकेशनको दाङको यात्रा सुखद रहने अपेक्षा गरे ।
एजुकेशन तुलसीपुरका प्रबन्ध निर्देशक ललित पान्डेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजिकरण शाखा प्रमुख निशा पौडेलले गरेकी थिइन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस