after_navbar

गणपति ज्वैलर्सको उद्घाटन


असार २, २०८१


दाङ,२८ असार । दाङको तुलसीपुरमा नयाँ व्यवस्थापनसहित श्री गणपति ज्वैलर्स सञ्चालनमा आएको छ। लामो समयदेखि सेवा दिँदै आइरहेको उक्त सुनचाँदी पसलको शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको हो।

ad

पसलको उद्घाटन तुलसीपुर उद्योगवाणिज्य सङ्घका अध्यक्ष बिनील केसीले गरेका हुन्। पसलको उद्घाटन गर्दै अध्यक्ष केसीले व्यवसायिक सफलताको शुभकामना दिएका थिए।

युवालाई विदेश पलायन हुनबाट रोकी स्थानीय स्तरमै स्वरोजगार बनाउनका लागि सरकारले लगानी मैत्री वातावरणको सिर्जना गर्न आवश्यक रहेको उनको भनाइ थियो।

उद्घाटनका अवसरमा गणपति ज्वैलर्सका सञ्चालक मनिषजंग शाहले ग्राहकहरूको अर्डर अनुसार अत्याधुनिक डिजाइनमा गरगहनाहरू बनाइनुको साथै रेडिमेड गहनाहरू समेत उपलब्ध गराउँदै आएको जानकारी दिए।

ग्राहकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै गुणस्तरीय सेवामा आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

पछिल्लो समय सुनको भाउ आकाशिएको अवस्थामा ग्राहकहरूको चाहना अनुसार थोरै लागतमा समेत गरगहना बनाउने गरिएको उनले जानकारी दिए।

पुराना गरगहनाबाट नयाँ डिजाइनका गहना बनाउन सकिने र सुपथ मूल्यमा आकर्षक गहना उपलब्ध गराइने उनले बताए

उद्घाटन कार्यक्रममा सहभागीहरूले भरपर्दो र विश्वासिलो गहना पसलको रुपमा स्थापित भएको भन्दै आगामी दिनमा यसको सेवा क्षेत्र थप विस्तार गर्दै लैजानुपर्ने शुभकामना व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="