after_navbar

आठबिसकोटमा खोलाले घर बगाउँदा ३ जनाको मृत्यु,१ बेपत्ता


श्रावण ०१, २०८१


रुकुम पश्चिम,१ साउन । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १२ बगरनजिक तातोपानी खोलाले घर बगाउँदा ३ जनाको ज्यान गएको छ । त्यस्तै नजिककैको झिन्चौर खोलाले बगाएर १ जना बेपत्ता भएका छन् ।

ad

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका छन् । त्यस्तै बेपत्ता हुनेमा ४० वर्षीय डिल्ली बुढाथोकी रहेका छन् ।

साथै यही बाढीमा परेर ७ जना घाइते भएको नगर प्रमुख रवि केसीले जानकारी गराए । घाइतेहरूको उपचारका लागि नगर अस्पताल लगिएको उनले बताए ।

घाइते हुनेहरूमा १० वर्षीय विजय सार्की, २२ वर्षीया अनिसा पुन, २९ वर्षीय जनक खत्री, ६५ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २० वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="