दाङ,६ साउन । तुलसीपुर उपमहानगरपालिका द्वारा संचालित मेट्रो कलेजका विद्यार्थीले ´मेट्रो मर्मत केन्द्रसंचालनमा ल्याएका छन् ।
कलेजको इन्जिनियरिङ संकायमा अध्यनरत विद्यार्थीले मर्मत केन्द्र संचालनमा ल्याएका हुन् । मर्मत केन्द्रको उद्घाटन तुलसीपुरका नगर प्रमुख एवं कलेज संचालक समितिका अध्यक्ष टीकाराम खड्काले गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख खड्काले वर्कसपले विद्यार्थीको पढाइ सँगै सीप र आयआर्जनको वृद्वि गर्न टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
कलेजको ´पढ्दै र कमाउँदै
अभियान अन्तर्गत विद्युतीय सामग्री ममर्त केन्द्रको सुरूवात गरिएको प्राचार्य बसन्त आचार्यले जानकारी दिए ।
ममर्त केन्द्रमा एसी,फ्रिज,पंखा,वासिङ मेसिन,मोटर लगाएतका विद्युतीय सामग्री ममर्त गरिने विद्यार्थी
तारा कँवरले जानकारी दिए । आफ्नो पढाई खर्च आफैँ कमाउने उदेश्यका साथ वर्कसप संचालन गरिएको उनले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस