after_navbar

एमालेका चेतनारायण लुम्बिनीको मुख्यमन्त्री बन्ने


श्रावण ०७, २०८१


दाङ,७ साउन। नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् ।

ad

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।

एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताए ।

‘अहिले हामीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने गरी दाबी पेश गर्दैछौं,’ उनले भने ।

अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="