दाङ, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
एमालेका २९ तथा कांग्रेसका २७ गरी ५६ सांसदहरूको हस्ताक्षरसहित उनले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।

प्रदेश प्रमुख अमिक शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेका हुन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस