after_navbar

पाँचजना नक्कली परिक्षार्थी पक्राउ


श्रावण १२, २०८१


हेटौंडा,१२ साउन। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) सानोठिमीद्वारा संचालित डिप्लोमा तथा प्रि डिप्लोमा तहको नि:शुल्क (छात्रवृत्ति) तहको परीक्षा दिन गएका पाँचजना नक्कली परीक्षार्थीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

ad

हेटौंडाको भुटनदेवी माविमा परीक्षा संचालन भइरहेको अवस्थामा नक्कली परीक्षार्थी बनेर अरुकै परीक्षा दिइरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ad

पक्राउ पर्नेहरुमा बारा जिल्ला परमाणिपुरका नरेन्द्र महतो, चितवन भरतपुर ८ का रुपेश यादव, सर्लाही जिल्ला विष्णु गाउँपालिका ७ का राजिवकुमार राउत, रौतहट जिल्ला गरुडा नगरपालिका २ का लालबाबु सहनी र धनुषाका रमेश यादव रहेका छ्न् ।

ad

उनीहरुले नियमित परीक्षार्थीको ठाउँमा नक्कली परिक्षार्थी बनेर परीक्षा दिइरहेका थिए । पाँच जनालाई परीक्षास्थलबाटै पक्राउ गरी आवश्यक अनुसन्धानको लागि हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="