तुलसीपुर, १३साउन । रोटरी क्लब अफ तुलसीपुर सिटीको र रोड ट्रयाक क्लब अफ तुलसीपुरको पदस्थापन कार्यक्रम शनिबार बेलुकी एक समारोहका बीच सम्पन्न भएको छ ।
रोटरी क्लब अफ तुलसीपुरको अध्यक्षमा सन २०२४ ÷ २०२५ का लागि युवा ब्यबसायि बिनिल केसी अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका हुन ।
यसैगरी रोट्र्याक्ट क्लब अफ तुलसीपुरको अध्यक्षमा सन् २०२४ र २५ का लागि किरण पुन सर्वसम्मत रुपमा चयन भएका छन्।
यसअघिका रोटरी क्लव अफ तुलसीपुरका सिटिका अध्यक्ष तुलसीपुर उपमहनगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले बिनिलि केसीलाई पदहस्तान्तरण गरेका थिए ।
पदहस्तान्तरण कार्यक्रमहरुका प्रमुख अतिथि रोटरि डिष्ट्रिक ३२९२का असिस्टेन गभर्नर थानेश्वर आचार्यले समाज सेवामा थप सक्रियताका साथ लाग्न नयाँ अध्यक्षहरुलाई आग्रह गरेका थिए ।
‘ जस्ले तपाँइ र समाजको हित गर्छ त्यो नशा लिनुहोस किनकी त्यो पनि एउटा म्याजिक हो,’ पाण्डेले भने ‘ सामाजिक संस्थाहरुमा बसेर म्याजिक देखाउन साह्रै गाह्रो हुन्छ तर, त्यो ठाउँ र स्थान बिषेश उचित भइदिए म्याजिक देखाउन संभव हुन्छ ।’
कार्यक्रमका बिशिष्ट अतिथि रोटरीयन बिमल रिजालले सामाजिक क्षत्रमा क्रियाशिल क्लबहरु आँफुलाई भविश्यमा कस्तो बनाउने भन्ने बारे अवशरका ढोकाहरु भएको बताए ।
‘जीवन परिवर्तन र समाज रुपान्तरणमा यहाँको महत्वपूर्ण योगदान हुने छ,’ रिजालले भने‘ कुलतमा फसेका छोराका अभिभावकलाई सोध्नुहोस उहाँलाई कति पीडा छ । तपाँइ सामाजिक संघ संस्थामा लाग्नेहरुले आफ्नो जीवन सैली कस्तो बनाउने भन्ने यो ठूलो अबशरको ढोका हो ।’
कार्यक्रमलाई रोटरीयन तथा तुलसीपुर उपमहानगरपालिकाका बरिष्ठ बित्तीय अधिकृत ललितबहादुर घर्तीले आँफुलाई समर्पित गरेर समाज सेवामा लाग्न नयाँ अध्यक्षहरुलाई आग्रह गरेका थिए ।
त्यसक्रममा रोटरी क्बल अफ लमहीका अध्यक्ष केशब घिमिरे, राष्ट्रिय समाचार समिति दाङकी प्रमुख नारायणी रजौरे, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगाएतले नब निर्वाचित अध्यक्षहरुलाई सफल कार्यकालको शुभकामना दिएका थिए । उनीहरुले समाज रुपमान्तरण र समाज हितमा हातेमालो गर्ने बताएका थिए ।
रोटरीको पदहस्तान्तरणका कार्यक्रम सचिव दिपेश भण्डारी र रुपेश शर्माले गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस