after_navbar

चेम्बर अफ कमर्सको अध्यक्षमा भण्डारी


श्रावण १३, २०८१


दाङ,१३ साउन। तुलसीपुर चेम्बर अफ कमर्सको साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ।

ad

अधिबेशनले ऋषिराज भण्डारीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरूको साझा सहमतिमा चेम्बर अफ कमर्सको अध्यक्षमा ऋषिराज भण्डारीलाई सर्वसम्मत चयन गरिएको हो।

चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा सन्तोष बहादुर खडका, उपाध्यक्षमा मनजित पुन, महासचिवमा दुर्गाप्रसाद शर्मा, कोषाध्यक्षमा लीलाबहादुर ओली (लोकेन्द्र), सचिवमा सनोद थापार सह कोषाध्यक्षमा देवबहादुर पाण्डेलाई सर्वसम्मत चयन गरिएको छ।

यसैगरी सदस्यहरूमा गणेश कुमार न्यूरे , तस्बर ओली , रमेश बुढाथोकी, भिमि डागी, बिनोद पन्त, चक्र नेपाली ,दरीभान डागी , भीमबहादुर केसी , जोगेन्द्र नेपाली, मनिष शाह, रविना चौधरी,सुमन कँडेल र कर्णबहादुर डाँगी सर्वसम्मत चयन भएका हुन्।

कार्यसमिति चयनका लागि नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीका सह इन्चार्ज चित्रबहादुर खड्का, नेकपा एमालेका प्रतिनिधि मिनराज ओली र नेपाली कांग्रेसको तर्फबाट प्रजातान्त्रिक उद्योग व्यवसाय सङ्घका निवर्तमान अध्यक्ष जनक खरालले साझा सहमतिय हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="