after_navbar

कुवेतमा अलपत्र ४ नेपालीको उद्वार


श्रावण १५, २०८१


काठमाडौँ,१५ साउन । कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ । 

ad

एजेन्टले कुवेतमा ल्याएर ३/४ महिना देखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो ।

नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरि नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकीय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर) ले बताए । 

उनले अन्य ५ जनाको उद्धारका लागि पनि पहल भई रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="