दाङ,१५ साउन। दाङको लमहीमा रहेको गुरुकुल एकेडेमीले स्थापनाको सयदिनको उत्सव मनाएको छ ।
शैक्षिक सत्र २०८१बाट संचालनमा आएको विद्यालयले आफ्नो १०० दिनको उत्सव मनाएको हो । उत्सवको अवशरमा विद्यालयले बिभिन्न कार्यक्रम गरेर मनाएको हो ।
उत्सवको अवसरमा विद्यार्थिहरुले गुरुकुल एकेडेमी लमहीमा सयदिनको अनुभव समेत सुनाएका थिय । गुरुकुल एकेडेमी लमहि स्थापना पश्चात विद्यालयमा आबद्ध भएका बिद्यार्थिहरुले पढाई संगै के–कस्ता कृयाकलाप सिके भन्ने बिषय आम अभिभावक माझ प्रस्तुत गर्न कार्यक्रमको आयोजना गरीएको बिद्यालयका प्रधानाध्यापक सुरज खनालले जानकारी दिए ।
नृत्यको प्रशिक्षकमा हेमन्त पान्डे रहेका थिए भने अन्य गायन , ड्रामा तथा बिट बक्सिङ विद्यालयका शिक्षकहरु रहेका थिए।
विद्यार्थिहरुको शैक्षिक सुधार तथा सर्वाङगिन विकासका लागि आवश्यकताका कृयाकलापहरु विद्यालयले नियमित गराउदै आएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस