after_navbar

दिनभर भारी वर्षाको संभावना छ, सजक रहनु :मौसम विभाग


श्रावण १६, २०८१


दाङ,१६ साउन। देशभरका धेरै स्थानमा गएरातिदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।

ad

गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई  स्थानमा भने भारी वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

आज राति देशभर साधरणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एक/दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ ।  

ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="