काठमाडौँ,१७ साउन संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा दलहरूबीच सहमति जुटेको छ ।
बिहीबार बिहान गृह मन्त्रालयमा बसेको संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठकले सहमति जुटाएको हो ।
गृहमन्त्री रमेश लेखकले सबै कुरामा दलहरूबीच सहमति जुटेको बताए । द्वन्द्वकालमा भएका हत्यालाई परिभाषित गर्नेलगायतका विषयमा दलहरूबीच सहमति जुटेको गृहमन्त्री लेखकले जानकारी दिए ।
बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री लेखक, नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्मा थिए । त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि सहभागी थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस