दाङ, १७ साउन। बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । खेतमा धान गोड्ने समयमा बाघले आक्रमण गर्दा कञ्चनपुरको दोधारा चाँदनीमा एक महिलाको मृत्यु भएको हो। बाघको आक्रमणमा परी दोधारा चाँदनी नगरपालिका–२ की २३ वर्षीया हिरा शाहको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार शाह उखुबारीमा आज मृत फेला परेकी हुन्।
‘खेतमा धान गोड्ने बेला बाघले आक्रमण गरेको रहेछ,’ उनले भने। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जोशीले भने।
मृतक शाहको शव परीक्षणका लागि दोधारा चाँदनी अस्पतालमा राखिएको छ। यसैगरी मंगलबार कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकामा पनि बाघको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–५ की मानमती साउँद घाइते भएकी थिइन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस