after_navbar

नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० संशोधन विधेयक दर्ता


श्रावण २०, २०८१


काठमाडौं २० साउन। नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० संशोधन विधेयक २०८१ संसदमा दर्ता भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री जय कुमार चौरसियाले यो विधेयक राष्ट्रिय सभामा दर्ता गरेका हुन् ।

ad

मन्त्री चौरसियाका अनुसार प्रचलित ऐन संशोधन गरी कानुन व्यावसायी परिषद अन्तर्गत कानुन व्यावसायी प्रतिष्ठान(लयर्स एकेडेमी)को स्थापना गर्ने उदेश्यले विधेयक ल्याइएको हो ।

यसका साथै कानुन विषयको स्नातक वा सो सहको उच शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाले अध्ययन अध्यापन गराउने पाठ्यक्रमको मापदण्ड निर्धारण गर्ने सम्बन्धमा समेत विधेयक सम्बन्धित छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="