after_navbar

तुलसीपुर चेम्बरको पद हस्तान्तरण कार्यक्रम


श्रावण २२, २०८१


दाङ २२ साउन । तुलसीपुर चेम्बर अफ कमर्सको पद हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । ऋषीराज भण्डारी नेतृत्वको नव निर्वाचित टीमलाई चेम्बरका निवर्तमान अध्यक्ष टोपबहादुर घर्तिले पद हस्तान्तरण गरेका हुन् ।

ad

पद हस्तान्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले संकटका बीचमा स्थापना भएको चेम्बरलाई चलायमान र गतिशी बनाउनु पर्नेमा जोड दिएका थिए । व्यवसायीक हकहितका लागि स्थापना भएको संस्थाले तुलसीपुरको समृद्धि, व्यवसायिक अस्थित्व, लगानीमैत्री वातावरणमा जोड दिनुपर्ने बताएका थिए ।

चेम्बरका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका सदस्य मिनराज वली, नेपाली काँग्रेसका जनक खराल, माओवादी केन्द्रका मोहन थापा, चेम्बरका प्रेस सल्लाहकार ओपेन्द्र बस्नेत, सल्लाहकार नेत्र वली, वेणु अधिकारी, लगायतले बोलेका थिए ।

साउन १२ गते वसेको चेम्बरको अधिवेसनले ऋषिराज भण्डारीको अध्यक्षतामा २१ सदस्य नयाँ कार्य समिति चयन गरेको थियो । नव गठित समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष खडका, उपाधयक्ष मञ्जित पुन, महासचिव दुर्गा प्रसाद शर्मा, कोषाध्यक्षमा लोकेन्द्र वली, सचिव सनोद थापा र सहकोषाध्यक्षमा देवबहादुर पाण्डे रहनु भएको छ ।

त्यसैगरी सदस्यहरूमा गणेश कुमार न्युरे, मनिष शाह, तस्बर अली, रमेश बुढाथोकी, भिमी डाँगी, विनोद पन्त, चक्र नेपाली, दरिभान डाँगी, भीमबहादुर केसी र जोगेन्द्र नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="