जाजरकोट, २२ साउन । जाजरकोटमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
जाजरकोट सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको जाजरकोटका प्रहरी प्रमुखसमेत रहेका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बताए।
बोलेरो जिप दुर्घटना भएलगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गएको उनले बताए।
घाइते १४ जनालाई जिल्ला अस्पताल जाजरकोटमा लगिएको उनले बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस