after_navbar

जिप दुर्घटना अपडेटः मृत्तकको सँख्या २ पुग्यो


श्रावण २३, २०८१


जाजरकोट,२३ साउन । जाजरकोटमा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सँख्या दुई पुगेको छ । मंगलबार भएको बोलेरो जिप र्दुघटनामा परी घाइते भएका भेरी नगरपालिका ६ का ६० वर्षीय कलिमान खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भेरी नगरपालिका–६ गंज भन्ने स्थानमा सदरमुकाम खलङ्गादेखि वडा नम्बर ६ नेटा जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप हिजो दुर्घटना भएको थियो। दुर्घटना हुँदा मंगलबार उपचारको क्रममा चालक भेरी नगरपालिका–६ गंगटिया बस्ने ३४ वर्षीय मानबहादुर वलीको मृत्यु भएको थियो ।

ad

दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षीया सपना विक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन् । त्यस्तै, २१ वर्षीया धनसरा खड्का, २८ वर्षीया भूमिकला राना घर्ती थिए । घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="