दाङ,२३ साउन । तुलसीपुरमा स्थापना गरिएका हाइमाष्ट लाइटमा विद्युत जडान प्रकृया सुरु हुने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाको साउन २७ गते बस्ने कार्यपालिकाको बैठकमा निर्णय गराइ हाइमाष्ट जडान प्रकृया सुरु गर्ने मेयर टिकाराम खड्काले बताएका छन् ।
साउन २७ गते कार्यपालिकाको बैठक आह्वान गरिएको र सोही बैठकमा हाइमाष्ट लाइटमा विद्युत जडानको निर्णय गरी काम सुरु गर्ने मेयर खड्काले बताए।
‘तुलसीपुर राम्रो, शान्त र सुरक्षित बनाउने सवालमा हामी नगरबासी संधै एक ढिक्का हुनु जरुरी छ,’ मेयर खड्काले भने ।
तुलसीपुर उद्योग बाणिज्य संघको तत्कालिन महासचिव विनिल केसीको पहलमा लुम्बिनी प्रदेश सरकारको झन्डै ५१ लाख बढी बजेटबाट तुलसीपुरको गुम्ह्राचोक, बीरेन्द्र चोक, हात्तीखौवा चोक र बिजौरी चोकमा हाइमाष्ट लाइट स्थापना गरेको दुई महिना जति समय पुगि सकेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस